काठमाडाैं । देशभर डेंगु संक्रमण बढदै गएपछि यसबारे प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाएका छन् ।
प्रधानमन्त्री देउवाले डेंगु नियन्त्रणमा लाग्न सबै जना लाग्न आह्वान समेत गरे ।
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै क्षेत्रबाट डेंगु नियन्त्रणमा लाग्नुपर्ने बताए।
सरकारले यअसघि कोरोना महामारीको लागि आवश्यक काम कारबाही गरेको उल्लेख गर्दै डेंगु नियन्त्रणमा पनि सबैले मिलेर अघिबढ्नु पर्नेमा जोड दिए ।
पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढदै गएको छ । यसबारे विभिन्न सांसदहरुले पनि संसदमा चासो देखाएका थिए ।
FACEBOOK COMMENTS