काठमाडौं । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले डेंगी प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । उनले नेताहरुले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेंगीले धेरैको ज्यान गइसकेको बताए ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डा. दिक्षितले नेताहरुले विगतमा ओमिक्रोनको बारेमा पनि एक शब्द नबोलेको स्मरण गराउँदै डेंगी भयंकर फैलिरहेको भएपनि नेता र पार्टी कही कतै नबोलेको टिप्पणी गरे । उनले भने,‘उनीहरुको ध्यान खाली गठबन्धन र भागवण्डामा सिमित छ ।’
देशका नेताहरु गठबन्धन, महाभियोग र निजि स्वार्थमा केन्द्रीत रहेको भन्दै नेताहरुलाई जनताको स्वास्थ्यबारे चासो र चिन्ता केही नभएको आरोप लगाए । उनले भने, ‘विगतमा कोरोनाले महामारीको रुप लिन्छ है भन्दा हामीहरुमाथि जताततैबाट अट्याक गरिएको थियो । डेंगीले यति गर्दा पनि सरकारले गम्भीरता देखाएको देखिएन ।’ लामखुट्टे मार्ने धुवाँ समेतको प्रयोग नगरिएको भन्दै सरकारको आलोचना गरे ।
डेंगी नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै दिक्षितले स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको पनि भएको बताए ।
मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बताए ।
डेंगी प्रकोपले पछिल्लो समय कडा रुप लिदै गएको बताएका छन् । आफूले प्रत्येक दिन चेकँजाच गर्ने १० बिरामीमध्ये २/३ जना डेंगी संक्रमित हुने उल्लेख गरे ।
FACEBOOK COMMENTS