असोज ५, काठमाडौं ।अघिल्लो साताको तुलनामा यस साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन ह्वातै बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत भदौ ३१ गतेसम्म बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो ।
समीक्षा अवधिमा भदौ २५ देखि ३१ गतेसम्म बैङ्कहरूको निक्षेप २६ अर्ब बढेको थियो । जबकि अघिल्लो साता भदौ २५ गतेसम्म बैङ्कहरूको यस्तो निक्षेप सङ्कलन ४१ खर्ब ४५ अर्ब रहेको थियो । यस्तै, यता कर्जा लगानी तर्फ समेत समीक्षा अवधिमा २८ अर्बले वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत भदौ २५ सम्म बैङ्कहरूको कर्जा लगानी ३८ खर्ब ४४ अर्ब रहेकोमा ३१ गतेसम्म यस्तो लगानी बढेर ३८ खर्ब ७२ अर्ब पुगेको हो ।
त्यसो त निक्षेप सङ्कलन वृद्धिकै दबाबमा रहेका बैङ्कहरूले गत असोज १ गतेदेखि निक्षेप लगानीकर्ताहरू आकर्षित गर्ने गरी ब्याजदर प्रस्ताव गरेका छन् । यसले थप बैङ्कहरूको निक्षेप बढ्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS