काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज वार्षिक साधारण सभा गर्दैछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरेको छ । चैत १४ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन् ।
सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS