काठमाडौँ । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेल नै आफूहरूको भरोसा भएको बताएकी छन् ।
क्षमतावान् उम्मेदवारको हिसाबले पोखरेल नै अवस्था भएको बताउँदै अवस्था हेरेर समर्थन गर्ने तयारी गरेको उनको भनाइ छ ।
‘पोखरेलले जितेपछि नगरको समुन्नतिमा बलियो सहयोग पुग्नेमा विश्वस्त रहेको छु , उनले भनिन्, ‘स्वास्थ्य र शिक्षामा गौशाला पछाडि परेको छ यसलाई उहाँले सम्बोधन गर्नुहुनेछ ।’
जसपा बाट निर्वाचित भएकी महतो अहिले जसपा प्रति त्यति सन्तुष्टि छैनन् । नगरपालिकामा नगरप्रमुख र उनको असमझदारीले दूरी बढ्दै गएको स्थानीय बताउँछन् ।
नेकपा एमाले र जसपाको गठबन्धन भएपछि प्रतिनिधिसभाको टिकट पाउन जसपाका नेता लक्ष्मी महतो एमाले प्रवेश गरेका छन् भने प्रदेशसभामा क्षेत्र (ख) मा भने जसपाको नै उम्मेदवार छन् ।
क्षेत्र नम्बर १ (क) प्रदेशसभा र प्रतिनिधिसभामा भने नेकपा एमालेको भागमा परेको छ । घरदैलो अभियानका क्रममा पोखरेललाइ आज उपमेयर महतोले सहयोग गर्ने आश्वासन दिएकी थिइन् ।
FACEBOOK COMMENTS