गलकोट (बागलुङ) । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए ।
सरकार गठन गर्दा भएको सातबुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकारसम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे ।
उनले भने, ‘सरकार नयाँ शहरी नीति, २०८१ पास गरेर अघि बढेको छ, नयाँ शहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ । हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।’
FACEBOOK COMMENTS