काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदमा उम्मेदवारी दिनेबारे छलफलमा जुटेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा यतिबेला पार्टीका सांसदहरु छलफलमा जुटेका हुन् ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी छन् ।
पार्टीले उपसभामुख पदका लागि सरस्वती तामाङलाई उठाउने तयारी गरेको छ ।