काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् ।
सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए ।
उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन ।
सांसद राईले उपसभामुखको उपचारमा व्यस्त भएपछि बैठकमा जान नसकेको बताए ।