काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर जवराले नेपाल जस्तो सानो देशमा २ वटा धितोपत्र बोर्ड किन चाहियो भन्दै संसदमा प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने , ‘देशमा काण्डैकाण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् । चाहे नक्कली भुटानी शरनार्थीको काण्ड होस् । चाहे त्यो धितो बोर्डको कुरा होस् । दुई–दुई वटा धितोबार्ड यति सानो देशलाई किन चाहियो? चाहे त्यो अढाई करोड काण्ड किन नहोस् । यो काण्डै-काण्ड भएको बेलामा राप्रपाले नियाली रहेको छ ।’
साथै, सरकारमा रहेका मन्त्रीका छोराछोरीहरुले काण्ड घटाइरहेको उनको आरोप छ । तिनीहरुलाई कारबाहीको कठघरामा ल्याउन पनि उनले माग गरेका छन् ।
उनले भने, ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौं । सरकारमा बसेका मन्त्रीका छोराछोरीहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यी सबैलाई कठघरामा ल्याउन पर्छ।’
FACEBOOK COMMENTS