काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा चुनाव नलड्ने भएका छन् ।
उनका स्वकीय सचिव भानु देउवाले यस निर्वाचनमा शेरबहादुर देउवा चुनाव नलड्ने जानकारी दिएका हुन् । देउवा २०४८ सालदेखि नै डडेल्धुराबाट विजयी हुँदै आएका थिए ।
देउवाले अन्तिम पटक चुनाव लड्न चाहेको भएपनि काँग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले देउवालाई अब चुनाव नलडन र अभिभावकीय भूमिका निभाउन आग्रह गरेको बुझिएको छ ।
अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत गएकाले पनि उनलाई नैतिक रुपमा गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनावमा जान अप्ठ्यारो भएको बताइएको छ ।
FACEBOOK COMMENTS