काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किएका छन् ।
नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए ।

FACEBOOK COMMENTS