काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको वार्ता स्थगित भएको छ। देउवाले ५ बजे निवासमा महामन्त्रीद्वलाई छलफलको लागि बोलाएको भएपनि अन्तिम समयमा आएर रोकिएको हो ।
सभापति देउवाको कार्यव्यवस्तताको कारणले छलफल आज नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘सभापतिको कार्यव्यस्तताले आज नभएको हो। भोलि अनुकूल समय मिलाएर बोलाउँछु भन्नुभएको छ, समय जानकारी गराउनुभएको छैन ।
देउवाले आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग भेट गरेका थिए । महाधिवेशनको नियमित महाधिवेशन कांर्यतालिका प्रभावित भएपछि सभापति देउवाले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।
FACEBOOK COMMENTS