काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवा आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् ।
संस्थापनको रणनीति तयार गर्न देउवाले नेताहरूलाई डाकेको बताइएको छ ।
विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन–विश्वलाई नेता–कार्यकर्ताको अपार समर्थन देखिएको छ ।
अहिलेसम्म ५० प्रतिशतको हस्ताक्षर पुगिसकेको र अझै लाइनमा रहेको नेताहरूको दाबी छ ।

FACEBOOK COMMENTS