काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको अर्थ रहेको र त्यसको नतिजा छिट्टै देखिने बताएका छन् ।
विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् ।
उवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने– प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।’
अध्यक्ष ओलीले देशमा १४३ दल खुलेको भन्दै नयाँ दलको कुनै सिद्धान्त र आर्थिक दृष्टिकोण नभएको र विभिन्न क्षेत्रमा असफल भएर अहिले दल खोल्ने फेशन चलेको टिप्पणी गरेका छन् । देशमा धेरै दल खुलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS