काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बस्ने देउवा समूहको कार्यसमिति बैठकमा शेखर समूहका नेताहरु नआउने भएका हुन् ।
गगन थापा पक्षले विशेष महाधिवेशन बोलाएयता नेता शेखर कोइराला संस्थापनतिर लागेका थिए । पार्टीमा विभाजन आएपछि उनले खुलेरै गगन पक्षको आलोचना गरे । तर, निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेखर समूहले रणनीतिमा पुनर्विचार गर्ने भएको छ ।
कोइरालाले आफू निकट केन्द्रीय सदस्य र पदाधिकारीसँग बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन् ।
आजको वैठकमा सहभागी नहुने र बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर विमर्श भइरहेको कोइरालाको सचिवालयले जनाएको छ ।

देउवा पक्षले बोलाएको बैठकमा नेताहरु आउन थालिसकेका छन् ।

FACEBOOK COMMENTS