काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोहि मालिक र दास नभएको बताएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने बताउदै पार्टीको यो संघर्ष व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।
उनले यो विशेष महाधिवेशनले के निर्णय गर्छ आफुलाई थाहा नभएको बताउदै महाधिवेशनको बन्द शत्रले जे निर्णय गर्छ आफुले मान्ने बताए । महामन्त्री थापाले काँग्रेसमा प्रश्न नमरेको बताउदै पार्टीमा दास र लाश नभएको बताए ।
कांग्रेसको नीति र नेता बदल्ने गगन थापाको घोषणा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् ।
आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताए ।
उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।
‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन’, उनले सम्बोधनका क्रममा भने ।

FACEBOOK COMMENTS