काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाकाे चुनाबका लागि नेताहरू तालमेल र सहमतिमा व्यस्त छन् ।
त्यसरी तालमेलमा व्यस्तहुने मध्यका एक नेताहुन् प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा । डडेलधुरादेखि लगातार ६ पटक अर्थात चुनावमा कहिले नहारेका नेता देउवा यसपटक भने माओवादी केन्द्रसँग तालमेल गरेर चुमावमा भिडने निर्णय गरेका छन् ।
हुनत उनलाइ डडेलधुरामा जित्न कुनै आइतबार छैन् । सिंगल-सिंगल भिडनेहाे भने पनि अहिले डडेलधुरामा कांग्रेसकै मतभार धेरै छ । तर, उनका विश्वासपात्र मानिएका कर्ण मल्लले पार्टीनै फुटाएर गएपछि देउवा हच्केका छन् ।
तर, गएकाे स्थानीय चुनावमा पाएकाे मतका आधारमा हेर्नेहाे भने मल्ल बाहिरिएर देउवालाइ खासै फरक पर्देन । डडेलधुरामा कांग्रेस एक्लैकाे करिब ३९ प्रतिशत मतदाता छन् ।
हेरैं डडेलधुराकाे अंकगणित: (गएको स्थानीय चुनावका आधारमा)
नेपाली काँग्रेस: २१ हजार ७३५ मत (३८.६ प्रतिशत)
माओवादी केन्द्र: १२ हजार मत ८७८ (२२.९ प्रतिशत)
नेकपा एमाले : १० हजार ४४९ मात (१८.६ प्रतिशत)
एकीकृत समाजवादीले ५ हजार ४१ मत (९ प्रतिशत)
कांग्रेस बीपीले ३ हजार ६०३ मत (६.४ प्रतिशत)
अन्य : २ हजार ५४८ मत (४.५ प्रतिशत)
यसरी सरसरति हेर्दा देउवालाइ गठबन्धनबाट करिब ७० प्रतिशत भाेट आउँछ । अर्थात देउवा गठबन्धनकाे तर्फबाट स्पष्ट दुइतिहाइ ल्याउन सक्छन् ।
FACEBOOK COMMENTS