काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ ।
इण्डिया फाउण्डेसनको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए ।
शुक्रबार र शनिबार हुने उक्त समिटका लागि देउवालाई आमन्त्रित गरिएको थियो । तर, कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS