काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्ने बताएका छन् ।
माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रेगुलर कोर्टमा मुद्दा पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ । शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ । यो विषयमा हाम्रो ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा भएका छौं । शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ ।’
संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको महासचिव गुरुङले दावी गरेका छन् ।
FACEBOOK COMMENTS