काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।
सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् ।
केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस् भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।
लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस, बागमती, कोसी, सुदूरपश्चिमले भोलिलाई बैठक बोलाएका छन् ।
कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेका छन् ।
FACEBOOK COMMENTS