काठमाडौं । चैत मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका छन् । यो भनेको गत आर्थिक वर्षको चैत मसान्तसको तुलनामा ४.३४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ थियो ।
८ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये ५ वटाको नाफा बढेको छ भने तीनवटाको घटेको छ । नाफा गरिमा, कामना सेवा, महालक्ष्मी, सांग्रिला र ज्योति विकास बैंकको बढेको छ । मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको नाफा घटेको छ ।
चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक हो । बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो ।
चैत मसान्तसम्म कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले धेरै हो ।
महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.८६ प्रतिशतले धेरै हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ । ज्योति विकास बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०१.१४ प्रतिशतले धेरै हो ।
तीन विकास बैंकको नाफा घट्यो
मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले थोरै हो ।
शाइन रेसुङ्गा डेभलमेन्ट बैंकले ५१ करोड ४० लाख १४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.१२ प्रतिशतले थोरै हो ।
लुम्बिनी विकास बैंकको नाफा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८५.४५ प्रतिशतले थोरै हो ।
FACEBOOK COMMENTS