काठमाडौं । नेकपा (एमाले) का पूर्वसांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन रिहा भएका छन् ।
उनलाई हिजो मङ्गलबार नै रिहा गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । स्वास्थ्यको कारण देखाउँदै सरकारी वकील कार्यालयले दिएको आदेशअनुसार उनलाई थुानबाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको हो ।
९८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनी कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए । उनकै व्यावसायिक साझेदार प्रभु ग्रुपको सब–एजेन्ट कम्पनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहितले दिएको जाहेरीका आधारमा भट्टचन पक्राउ परेका थिए ।
भट्टचनले प्रभु मनी ट्रान्सफरको सब–एजेन्टका रूपमा स्थापना गरेको प्रभु म्यानेजमेन्टमार्फत देशभरका सहकारीहरूसँग रेमिट्यान्स भुक्तानी सम्झौता गराई सहकारीलाई शोधभर्ना गर्नुपर्ने रकम नतिरेको तथा रेमिट्यानसकै रकमसमेत दुरुपयोग गरेको आरोप छ ।
FACEBOOK COMMENTS