काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० काे पहिलाे चार महिनामा विकास बैंकहरूले एक अर्ब ५७ कराेड ७५ लाख रूपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेकाे छ ।
मुक्तिनाथले चालु आवकाे चार महिनामा कुल ४२ कराेड २४ लाख रूपैयाँ खुद नाफा कमाएकाे छ भने दाेस्राे नम्बरमा रहेकाे गरिमा विकास बैंकले ३७ कराेड २० लाख रूपैयाँ नाफा कमाएकाे छ ।
त्यसैगरी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३१ कराेड ३४ लाख खुद नाफा कमाउदा ज्याेति विकास बैंकले १८ कराेड ७४ लाख रूपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी सबैभन्दा कम खुद नाफा कमाउनेमा सालपा विकास बैंक रहेकाे छ । सलपाले चार पहिनामा २५ लाख रूपैयाँ खुद नाफा कमाएकाे छ ।
यस्तै, चालु आवकाे चार महिनामा ५ वटा विकास बैंकले घाटा ब्याेहरेका छन् । जसमध्य सबैभन्दा धेरै घाटा ब्याेहाेरेकाे बैंकमा सप्तकाेशी डेभलपमेन्ट बैंक रहेकाे छ । जसकाे चार महिनामा १३ कराेड ४७ लाख रूपैयाँ घाटा भएकाे छ ।
त्यसैगरी धेरै घाटामा जाने सूचीकाे दाेस्राे नम्बरमा एक्सेल डेभलपमेन्ट बैंक रहेकाे छ भने तेस्राे नम्बरमा ग्रीन डेभलपमेन्ट बैंक रहेकाे छ ।
हेर्नुस् कुन विकास बैंकको खुद नाफा कति ?
याे पनि:
३४ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा, धेरै कमाउनेमा नबिल बैंक(सूचीसहित)
FACEBOOK COMMENTS