काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा (संसद) लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन अबको अधिवेशनदेखि केही नयाँ अभ्यासको थालनी गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको तेस्रो अधिवेशनकोसुरू भएको अवसरमा उनले संक्षिप्त मन्तव्य व्यक्त गर्दै विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ भएकाले संसदमा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्दै संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्ने घोषणा गरेका हुन् ।
यस्तो छ, उनको संक्षिप्त मन्तव्य–
माननीय सदस्यहरु,
प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु भएको यस अवसरमा म माननीय सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्दछु । संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महŒवपूर्ण थलो हो । संसदीय प्रणालीमा संसदको काम कानून निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानून बनाई सहयोग गर्ने पनि हो ।
विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा प्रर्याप्त गृहकार्य भएका छन् । चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु ।राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनै पर्दछ ।
माननीय सदस्यहरु,
विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसदलाई प्रभावकारी, क्रियाशीलर जीवन्त बनाउनचालू अधिवेशनदेखि केही नयाँ अभ्यासगर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतमाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनतासबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।
FACEBOOK COMMENTS