काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतक तथा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुखले बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतक तथा मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संवैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरूले बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिए पनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS