काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आइपीयु)को १४६औँ महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका छन् ।
भ्रमणका क्रममा उनले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएको जनाएका छन् । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारीलगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझे ।
अधिकारीहरूले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिए ।
भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरूले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणासमेत राखे ।
FACEBOOK COMMENTS