काठमाडौं । धादिङमा १९ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ।
सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको थियो। गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी र मजदुर संघ लगायतका पदाधिकारीको उपस्थितिमा बैठक बसेको थियो।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे ग.२ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो।
बस अनियन्त्रित भई सडकबाट २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। घटनामा १९ जनाको मृत्यु भएको थियो। १९ जनामध्ये ९ जनाको सनाखत भएको छ।

एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ।



FACEBOOK COMMENTS