काठमाडौं । धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । सडक विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको छ ।
सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने (ब्याक कटिङ) काम सुरु गर्न समस्या भएको थियो ।
स्थानीय निकायसँग छलफलपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको पनि विभागले जनाएको छ ।
सबै अवस्था सामान्य रहेमा सडक खोल्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ । सडक खुलाउने काम सुरु भए पनि यातायात सञ्चालनमा आउन अझै ७ देखि ८ घण्टा लाग्न सक्ने विभागले जनाएको छ ।

