काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँको डिल गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ ।
सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारवाही नगर्नरनगराउन निर्देशन दिएको थियो ।
त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो । सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए ।
स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ । सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।
श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलवार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ । श्रेष्ठले २४ घण्टा नाघेर स्पष्टीकरण दिएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS