काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।
बुधबार बसेको बैठकले समानुपातिक सांसद श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।
डा.श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
पुसमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियोमा उल्लेख छ ।
FACEBOOK COMMENTS