काठमाडौं । सार्क चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष चण्डीराज ढकालले चिनियाँ लगानीकर्तालाई सार्क राष्ट्रहरुमा लगानी गर्न आग्रह गरेका छन् ।
बंगलादेशको ढाकामा भएको १६औं चाइना–साउथ एशिया विजनेस फोरमको पूर्वतयारी बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
उनले चाइना काउन्सिल फर प्रमोशन एन्ड इन्टरनेशनल ट्रेड ९सीसीपीआइटी० का प्रतिनिधि र सार्क राष्ट्रका व्यापार प्रतिनिधिहरुलाई बहुराष्ट्रिय एकिकृत व्यापारमा जोड दिनुपर्ने बताए ।
बैठकमा सार्क राष्ट्रहरुमा बढ्दो जनसंख्या र त्यसले निम्त्याएको वस्तु मागले उत्पादनमुलक क्षेत्रमा लगानी आवश्यक रहेको बताए । ‘
उनले नेपालमा पनि प्राकृतिक स्रोत साधनको अपार भण्डारण रहेको र यसले पनि चिनियाँ लगानीलाई आकर्षित गरिरहेको बताए ।
नेपालले सन् २०२३ को जुलाईमा १६औं चाइना साउथ एशिया विजनेश फोरमको आयोजना नेपालमा गर्ने भएको छ । उक्त विजनेश फोरमले साउथ एसियामा लगानीका सम्भावना बारे छलफल गर्ने तथा दिर्घकालिन योजना बनाउने छ ।
FACEBOOK COMMENTS