धनकुटा । धनकुटामा गएराती भएको ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।
धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र. ३–०१–०० ३ क ६९०६ नम्बरको मिनि ट्रक अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भिर घाईते भएका हुन् ।
राती करीव २ बजे भएको दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश मुलघाट र प्रहरी चौकी मुलघाटले उद्धार गरी उपचारको बिहान ४: ३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ ।
FACEBOOK COMMENTS