स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।
गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुगेको हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन्।
मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्। उनकाे प्रतिस्पधामा नेकपा एमालेकी नेतृ तथा पूव मन्त्री पद्मा देवी अर्याल उठेकी छन् ।
यतिबेला गुरूङ चुनावका लागि दाैडाहामा छन् ।
FACEBOOK COMMENTS