काठमाडौं । आउँदो साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुला गरिने भएको छ । यसअघि दैनिक ६ घण्टा खुला गरिँदै आएको धरहरा समय बढाएर थप ६ घण्टा खुला गरिने भएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार साउन १ देखि दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म धरहरा खुला गरिनेछ ।
अहिले धरहरा बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र खोल्ने गरिएको छ । अब सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गरिने छ ।
पुनर्निर्माणपछि धरहरा गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । धरहरामा प्रवेशका लागि शुल्क तिर्नुपर्छ । साढे ७ महिनामा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढेका छन् ।
मङ्सिरयता धरहरामा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व उठेको छ ।
FACEBOOK COMMENTS