काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको १०औँ कार्यपालिका बैठक सकिएको छ । बैठकले वडाको बजेट संशोधन गर्नेलगायतका निर्णय गरेको छ ।
कार्यपालिका बैठकमा उपमहानगरपालिकाका विभिन्न वडागत र महाशाखागत बजेट रकमान्तरण (संशोधन) प्रस्ताव पेश गरिएको थियो । गत वैशाख ३१ गतेको कार्यपालिका बैठकबाट स्वीकृत खरिद गुरुयोजनालाई संशोधन गरेर योजना तथा इन्जिनियरिङ महाशाखाबाट तयार भई पेश भएको संशोधित खरिद गुरु योजना स्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो । त्यस्तै न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन पनि संशोधन प्रस्ताव गरिएको थियो ।
बैठकमा उपप्रमुख बेघाले विभिन्न विषयगत समितिबाट आएका प्रतिवेदन प्रस्ताव पेश गरे । उक्त प्रस्तावमा प्रमुख राईले आफूलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएपछि विवाद उत्पन्न भएको थियो । प्रमुख राईले आफ्नो जानकारी बिना आएको प्रस्ताव स्वीकार्य नहुने बताएपछि उपप्रमुख बेघाले कानुनबमोजिम र प्रक्रियाअनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई पेश गरिएको बताए ।
कार्यपालिकाबाट पारित भएका विषयमा नगरसभामा छलफल जारी रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।
FACEBOOK COMMENTS