धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलाको पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध भएको छ ।
पुलको एकापट्टिको भागमा प्वाल परेपछि दुइतर्फी सवारी साधन रोकिएका छन् ।
प्रहरीले प्वाल पुरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११:३० देखि ३ बजेसम्म सवारी रोकिएपनि धार्के सितापाइला सडकबाट साना सवारीको आवगामं भइरहेको थियो ।
FACEBOOK COMMENTS