काठमाडौं । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको भन्दै सम्प्रेषण भएका समाचार झुटो भएको उनकै पत्नी हेमा मालिनीले बताएकी छन् ।
सञ्चारमाध्यमहरूले भ्रम फैलाएको गुनासो गर्दै उनले धर्मेन्द्रको उपचार भइरहेको बताएकी छन् ।
उनले सञ्चारमाध्यमहरूबाट भएको यस्तो क्रियाकलाप माफीयोग्य नरहेको भन्दै त्यसलाई अपमानजनक र गैरजिम्मेवारी भनेकी छन् ।
FACEBOOK COMMENTS