काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धौलागिरी लघुवित्तको शेयर कारोबार सुरु भएको छ। आज आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएसँगै कम्पनीको नियमित कारोबार भएको हो ।
स्पेसल प्रि ओपन सेसनमा प्रति कित्ता १७९.७ को मूल्यमा पहिलो कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४८.६६ रुपैयाँदेखि ४४५.९८ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा १७९.७ को मूल्यबाट कम्पनीको कारोवार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको DLBS सिम्बलबाट कारोबार भएको हो ।
गत बिहिबार कम्पनीको १० लाख ३१ हजार कित्ता शेयर सुचिकृत भएको थियो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS