काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS