काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
सोमबार बिहान अदालतमा हाजिर भएका राणालाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पुन: पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका थिए ।
त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहीन रहेका छन् ।
FACEBOOK COMMENTS