काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६स्५० बजे मृत भेटिएका हुन् ।
उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS