चितवन । सिताराम कट्टेल ‘धुर्मुस’ले आफूले २ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन्।
‘धुर्मुस सुन्तली फाण्डेसन’को फेसबुक पेजमा एक भिडिओ शेयर गर्दै सितारामले मानसिक यातना भोगिरहेको उल्लेख गरेका हुन्।
उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा कतैबाट सहयोग नपाएको गुनासो समेत गरेका छन्।
उनले भिडिओमा भनेका छन्, ‘आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्, यही आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरेँ, के यो गर्नु गल्ति हो? यदि यो बनेको भए, रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला! मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिएको हुँ।’
उनले उक्त रंगशाला आफूले नछोडेको पनि बताएका छन्। बनाउन नसकेर स्थगित भएको तर अरु कसैलाई नदिएको उनको तर्क छ। उनले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन्।

रंगशाला निर्माणमा नेपाल सरकारले असहयोग गरेको धुर्मुले बताएका छन्। उनले अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नगरेको गुनासो गरेका छन्।

https://www.facebook.com/dhurmussuntalifoundation/videos/164084066505091/