काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई दबाब दिएका छन् ।
एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका हुन् ।
उनीहरूले जेनजी आन्दोलनको सन्देशअनुसार अघि बढ्न संयुक्त आह्वान गरेका हुन् , उनीहरुले भनेका छन् ।
’जेनजी आन्दोलनको माग र सन्देश स्पष्ट छ: नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहान्छन्, त्यसका लागि राजनीतिक दलहरु जिम्मेवार बनून् भन्ने चाहान्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् ।
तर मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् ।
विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ ।
यसरी आव्हान गर्नेमा अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारी, निराजन पौडेल, पासाङ डोल्मा, प्रकाश देवकोटा, प्रकाश पौडेल, प्रकाश श्रेष्ठ,
प्रतिक कार्की, भरत महतारा, भावना घिमिरे, भावना शाह, ममता अधिकारी, महेश पाण्डेय, राजेश राई, राजेन्द्र परियार, राधिका परियार, रोमश खतिवडा, रोशन रिमाल, विराज थापा, समकृती पुन, सवल दाहाल र सन्दिप पुन रहेका छन् ।
FACEBOOK COMMENTS