कोरोना भाइरसका कारण नेपालमात्रै नभइ विश्वकै अथर्ततन्त्र सुस्त अवस्थामा पुग्याे । अधिकाशं देशहरुले कोरोना नियन्त्रणका लागि लकडाउन तथा निषेधाज्ञा लगाएपछि अर्थतन्त्रको उत्पादन तथा वितरणको संयन्त्र प्रभावित भयो । पछिल्लो समयमा नेपालको अर्थतन्त्र पनि सुस्त नै रहेको तथा आर्थिक वृद्धि पनि न्यून हुने अनुमान गरिएको छ । तरपनि डिस होमको एक भागिन संस्था डिजिटल होम इन्टर्नेशनललाई पछिल्लाे समयकाे सुस्त बजारले पनि छाेएकाे छैन।
अधिकाशं देशको अर्थतन्त्रमा ऐतिहासिक गिरावट आएको अवस्थामा पनि डिजिटल होमले भने आफ्ना उत्पादन निरन्तर बजारमा आक्रमक रूपमा बजारमा पठाएकाे छ । देशका करिब मुख्य सहरहरूमा मुख्य वितरक तथा २ हजार भन्दा सहायक वितरक रहेकाे कम्पनीकाे काठमाडाैंमा प्रविधियुक्त सर्भिश सेन्टर पनि छ ।
चाइनाको ताइवान कम्पनीको स्यान्डमार्टिन इन्टरनेशनल कम्पनीसंगको सहकार्यमा प्राविधिक सहकार्य गरेकाे कम्पनीले उत्पादीत घरायसी विद्युतीय उपकरणकाे बजारमा उच्च माग रहेकाे छ, यसै विषयमा केन्द्रीत रहेर प्रस्तृत छ, कम्पनीका जनरल म्यानेजिर नविन पोखरेलसंग कर्पोरेट खबरले गरेकाे अन्तर्वाताको सम्पादीत अंक
डिजिटल होम इन्टर्नेशनल कस्तो कम्पनी हो ?
यो कम्पनी डिस मिडिया नेटवर्कको एक भागिन संस्था हो, जुन ३/४ वर्षअघिबाट ब्यवसाहीक यात्रा गरेको हो । याे एक गुणस्तरीय सामाग्री उत्पादन गर्ने कम्पनी हो । यो कम्पनी एक विश्वस्त घरेलु विद्युतीय उपकरणहरू नेपाली उपभोक्ता माझ पु¥याउने उद्देश्यले स्थापित भएकाे कम्पनी हो । यसले डिस होमको स्थापनाकाल देखी नै विभिन्न किसिमको सेटटप बक्स तथा घरायसी विद्युतीय उपकरण उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
घरायसी बिद्घुिय उपकरणहरू मा कस्ता सामग्री हरू पर्दछन् ?
घरायसी बिद्घुिय उपकरणहरू भन्नाले विशेष गरी घरायसी बिद्घुिय उपकरण हाे । सुरुवातमा एलईडी टिभी र फ्रिजबाट सुरु भएर हाल वासिङ मेसिन, एसी, सोलार वाटर, हिटर, चिम्नी, भ्याक्युम क्लिनर, एयर कुलर, प्यान, एयर फ्रेशर, हिटर, ग्यास स्टोभ, आइरन, कुकुर ओभन र टली स्पीकरलगायतका सामाग्री उत्पादन गर्ने र बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले आफ्ना उत्पादनको गुणस्तर कायम गर्न तथा अभिबिद्वि गर्न के कस्ता कार्य गर्दै आइरहेको छ ?
हामीले आफ्ना उत्पादनमा गुणस्तर कायम गर्न प्राविधिक रूपमा चाइना, ताइवानको स्यान्डमार्टिन इन्टरनेशनलसंगको सहकार्यमा काम गरिरहेको छौँ । हाम्रा उत्पादन सबै प्राविधिक रूपमा गुणस्तर र प्रविधियुक्त छन् ।
उपभोक्ताले बजारमा तपाईँहरूको सामग्री काँहा काँहा प्राप्त गर्न सक्छन्, र बिक्री पछिको सेवा बारेमा के भन्नु हुन्छ ?
हाल नेपालमा तीन सयको हाराहारीमा हाम्रा बिक्रेता तथा वितरक हुनुहुन्छ । २ हजारभन्दा बढी सहायक वितरक छन् । नेपालका मुख्य सहरमा हाम्रा सेवा केन्द्र छन् र अन्य ठाउँमा पनि क्रमिक रूपमा विस्तार गरिँदै जाने लक्ष्य लिएका छौँ । अझ हामीले दुई घण्टामा होम सर्भिससहितको सेवा पनि दिदैं आएका छौँ । अनि भर्खरै आइएसवो गुणस्तरको चिन्ह प्राप्त गरेका छौँ र हामीले हाम्राे सामग्री र कम्पनीको पनि गुणस्तर प्रमाणित गरेकोमा हामी खुसी छौँ ।
यस्ता उपकरणहरूमा धेरै प्राविधिक समस्या आएका छन्, यसका लागी कम्पनीको तयारी कस्तो छ ?
हामीले हाम्रा कम्पनी मार्फत उत्पादन गरेका विद्युतीय सामाग्रीको सुरक्षामा धेरै नै प्राविधिक उपायहरू अपनाएका छौँ ।
हाम्रो प्रमुख सेवा केन्द्र बालकुमारी ललितपुरमा रहेको छ र काठमाडौँ उपत्यका तथा देशका मुख्य सहरमा हाम्रो बिक्रेता तथा वितरकदेखि २ हजारभन्दा बढी सहायक वितरक केन्द्र मार्फत पनि घरमा पुगेर नै सेवा दिदैं आएका छौँ । यसले पनि उपभोक्ताले हाम्रो विद्युतीय सामाग्रीको प्रयोगपछि सकारात्मक पक्रिया दिइरहनु भएको छ । यसले पनि हामीले उत्पादन गरेका विद्युतीय सामाग्रीमा गुणस्तरीय र प्रविधियुक्त छन् ।
भिडियाे
FACEBOOK COMMENTS