काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ सुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको उपस्थिति रहेको छ ।
यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, नास्टका उपकुलपति दिलिप सुब्बा, मुख्यसचिव एक नारायण अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत विभिन्न सरकारी तथा निजी क्षेत्र ५०० बढी उच्च पदस्थ व्यक्तिहरूको सहभागीता रहेको छ ।
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिदै डिजिटल इकोसिस्टम विकास र रूपान्तरण सघाउने गरी चार वर्षदेखि डिजिटल नेपाल कन्क्लेभ आयोजना गरिरहेको जानकारी दिए ।
आइसिटी क्षेत्रको विकासका निजी क्षेत्रले अधिकत्तम प्रयास गरिरहेको बताउँदै उनले अब सरकारले पनि नीतिगत सुधार गर्दै कार्ययोजना र कार्यशैली सुधारमा जोड दिए ।
पावर संवादमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल आफलै प्रविधि विकासमा जोड दिनुपर्ने बताए । ‘अब हामीले प्रविधि लिने मात्र होइन, दिने पनि पनि गर्नुपर्छ ।
त्यसका प्रविधि विकास गर्नुपर्छ,’ उनले भने । प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताउँदै ओलीले यस क्षेत्रको विकास र प्रोत्साहनका लागि सरकार तयार रहेको उनको भनाइ छ ।
पावर संवादको सहजीकरण व्यास मिडियाका संस्थापक सन्जय सिलवाल गुप्ताले गरेका थिए । ललितपुरको पुलचोकस्थित द प्जालामा भइरहेको कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी उद्योग लगायतका विषयमा ८ बढी सेसन हुँदैछन् ।
साथै बेलुका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत पावर प्यानलिष्टमा उपस्थित हुँदैछन् ।
FACEBOOK COMMENTS