काठमाडौं । अर्थ मन्त्रालयले विद्युतीय भुक्तानीबाट कारोबार गर्न आग्रह गर्दै ठूलो परिमाणमा नगद राख्न आवश्यक नरहेको जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमासम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता नरहेको उल्लेख गर्दै आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोबार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता नरहेको जनाएको छ । अतः आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ ।
प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको जानकारी गराउदै विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको छ । कुनै व्यक्तिले नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्था रहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS