काठमाडौं । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध मुद्दा दायर गरेको हो । युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको बताइएको छ ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजे पनि उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो ।
पक्राउ गर्न नपाएपछि प्रहरीले पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
FACEBOOK COMMENTS