काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा जय सिवाकोटी , राजेन्द्र शेरचन ,रमानाथ श्रेष्ठ र निर्विरोध चयन भएका छन् । महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा बरिष्ठ साैन्दर्यविद शुष्मा महरा पनि निर्विरोध भइन् । कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध नै भए ।
त्यस्तै सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग वाणिज्य संघ काठमाडौँको साधारणसभा भने असोज ५ गते हुनेछ ।
FACEBOOK COMMENTS