पोखरा । गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) एक वर्ष कैद छुटको सुविधा पाई डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
बुधबार जिल्ला अदालत, काठमाडौंले उनलाई २० प्रतिशत कैद छुटको सुविधा दिएकोले पाँच वर्षको सजायमध्ये ४ वर्ष भुक्तान गरेर रिहा भएका हुन् ।
खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका मनाङे यसअघि प्रदेश सांसद पदबाट पनि पदमुक्त भएका थिए । असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी उम्मेदवार हुन अयोग्य ठहर गरेको थियो ।
कारागारमा मनाङेले सबै कैदीबन्दीसँग राम्रो व्यवहार गरेका थिए र प्रशासनसँग सहयोग पुर्याएका थिए । भदौ २४ मा देशभरका जेल ब्रेक हुदा मनाङे जेल बाहिर आउन अस्वीकार गर्दै परिपक्कता देखाएका थिए । त्यसपछि उनको प्रसंशा समेत भएको थियो । उनले तत्कालिन समयमा देखाएको परिपक्कताले अहिले २० प्रतिशत कैद छुटको उपहार पाएका छन् ।
FACEBOOK COMMENTS