काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त भएका छन् ।
आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो ।
थापाका साथमा एआईजीपीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धामा थिए । ती दुईलाई पछि पार्दै थापा प्रहरी महानिरीक्षक बनेका हुन् । योसँगै उनी नेपाल प्रहरीको करिब ८० हजार फौजको कमान्डर बनेका छन् ।
यसअघिका आईजीपी वसन्तबहादुर कुँवरको कार्यकाल आजै सकिएको थियो । हाल आईजीपी बनेका थापा अघिल्लो पटक नै यस पदको दौडमा थिए ।
बसन्त कुँवरसहित नौ जना उच्च अधिकृतहरू आजदेखि एकैसाथ अवकाशमा, को बन्लान् नयाँ महानिरीक्षक ?
FACEBOOK COMMENTS